
सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मा बोलेरो गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मंगलबार साँझ करिब ६ बजेतिर ठाँटी बजारबाट जोगडा जाँदै गरेको कर्णाली प्रदेश ०२००१ त ०६६१ नम्बरको बोलेरो गाडी सडकबाट खेतबारीमा पल्टिएको हो ।
दुर्घटनामा परेर चिङ्गाड–४ का तीन जना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गाडी ब्रेक फेल भएर करिब ३५ मिटर तल खेतबारीमा खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
घाइतेहरुको अवस्था सामान्य रहेको र उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्यायउको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ साउन १३ गते मंगलबार