
१५ वर्षीया मनिषा भट्ट
जुम्ला । जुम्ला घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी एक किशोरी ४ दिनदेखि बेपत्ता भएकी छन्। जुम्लाको सिंजा गाउँपालिका ५ घर भइ भक्तपुरको सिर्जनानगरमा अध्ययनको शिलशिलामा बस्दै आएकी १५ वर्षीया मनिषा भट्ट साउन १२ गते साँझ ६ बजेदेखि सम्पर्कविहीन बनेकी हुन्।
मनिषा भक्तपुरको ठिमी आदर्श माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्। उनका दाजु धिरेन्द्र भट्टका अनुसार साउन १२ गते सोमबार साँझ ६ बजेपछि उनी अचानक सम्पर्कविहीन भएकी हुन्। सोमबार साँझ कोठा देखि निस्किएपछि अहिलेसम्म उनको कुनै अत्तोपत्तो नभएकाे दाजु धिरेन्द्रले बताए।
मनिषा लापत्ता भएपछि अहिले उनका आफन्तले भक्तपुर प्रहरीमा उजुरी दिएको छ र विभिन्न माध्यमबाट खोजी कार्य अगाडि बढाइएको छ। तर अहिलेसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
मनिषालाई देख्नु हुने वा चिन्नु हुने जो–कोहीलाई नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन वा परिवारसँग सम्पर्क गर्न अनुरोध गरिएको छ। साथै, परिवारले सामाजिक सञ्जालमार्फत पनि सूचना शेयर गरी सहयोगको अपिल गरेका छन्।