२०८३ वैशाख ४ , शुक्रबार

जाजरकाेटमा भिरबाट लडेर महिला नेत्रीको मृत्यु



जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० रावतगाउँमा घाँस काट्न गएको क्रममा भिरबाट लडेर एक महिला नेत्रीको मृत्यु भएको छ। शनिबार घाँस काटेर घर फर्कने क्रममा अप्ठ्यारो भिरबाट लड्दा कल्पना सलामी मगरको मृत्यु भएकाे हाे ।

मृतक सलामी पूर्व जनमुक्ति सेना सदस्य समेत रहेकी थिइन्। हाल उनी नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी नलगाड नगर समितिको अध्यक्ष पदमा कार्यरत थिइन्।

सलामी घरमा पालेको भैंसीका लागि घाँस काटेर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएकाे वडा नं १० की वडा अध्यक्ष अनिता रोकाले जानकारी दिइन् । प्रहरी तथ्याङ्क अनुसार, जाजरकोटमा हरेक वर्ष गाई–भैंसीका लागि घाँस काट्न जाँदा रुख वा भिरबाट लडेर एक सय जनाभन्दा बढीको ज्यान जाने गरेको छ।

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार