सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित एरिचोक नजिक जाँड–रक्सी सेवनपछि होहल्ला र लफडा गरेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुलाई गए राति करिब १ बजे प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
पक्राउ परेकाहरुले राति सार्वजनिक स्थानमा होहल्ला गर्दै झैझगडा गरेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीले खबरदृष्टिलाई जानकार दिए । प्रहरीले उनीहरुकाे पहिचान गाेप्य राखेकाे छ ।
‘उनीहरुले पहिलेदेखि नै यस्तै लफडा गर्थे कि हिजो राति मात्रै यस्तो गरेको हुन् भन्नेबारे हामी अनुसन्धान गर्दैछौं,’ एसपी शाहीले भने, ‘त्यसैले अहिले नै नाम सार्वजनिक गर्न मिल्दैन।,’ पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार