सुर्खेत । वीरेन्द्रगर बसपार्क नजिकै भएको चक्कु प्रहार घटनामा संलग्न एकजना अभियुक्त काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ बस्ने अन्दाजी २१ वर्षीय नवराज रावत रहेका छन्।
उनले गत साउन ९ गते राति ११:५५ बजे वीरेन्द्रनगर नगरपालिका–६ बसपार्क माथिल्लो गेटमा लेकवेशी नगरपालिका–६ बस्ने २२ वर्षीय ललित परियारलाई धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएका थिए।
परियारलाई घाइते बनाई घटनास्थलबाट फरार भएका रावतलाई खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा लुकिछिपी बसेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए।
रावतलाई काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा मंगलबार पक्राउ गरिएको र आज (बुधबार) जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइ आवश्यक अनुसन्धान भइरहेको डिएसपी बुढथापाले जानकारी दिए।