२०८३ असोज ३० , शुक्रबार

अनेरास्ववियु कर्णाली प्रदेश कमिटीको प्रथम पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न



सुर्खेत । अनेरास्ववियु कर्णाली प्रदेश कमिटीको प्रथम पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ। कार्यक्रम अनेरास्ववियु कर्णाली प्रदेश कमिटीका अध्यक्ष कमरेड धर्मबहादुर शाहीको सभाध्यक्षतामा र अनेरास्ववियु केन्द्रिय अध्यक्ष डाक्टर सुजन कडेरियाको प्रमुख आतिथ्यतामा सुरु भएको थियो।

प्रशिक्षणका प्रमुख प्रशिक्षक डाक्टर सुजन कडेरियाले सहभागी कमरेडहरूलाई संगठनात्मक तथा नेतृत्वगत विषयमा महत्त्वपूर्ण तालिम प्रदान गरेका थिए। कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज कमरेड नवराज रावत, कर्णाली प्रदेश कमिटी सदस्य कमरेड टेकेन्द्र बस्ने, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज पुष्प भाम लगायतका नेताहरूले पनि प्रशिक्षण दिएका थिए।

कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश कमिटी उप–सचिव पद्ममा खड्का र युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी अध्यक्ष जीवन बहादुर शाहीले पनि उपस्थित रहनु भएको थियो। कार्यक्रमको क्रममा अनेरास्ववियु निवर्तमान तथा संस्थापक अध्यक्ष राजेश वलीले आफ्नो कार्यकालमा थुप्रै चुनौतीका बाबजुद पनि कर्णाली प्रदेश कमिटीले धेरै काम गरेको बताएका छन्। साथै, उनले आगामी दिनमा कर्णाली प्रदेश कमिटी अझ बढी प्रभावकारी र सफल काम गर्न सक्षम हुनेमा विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार