२०८३ असार ३१ , बुधबार

लागुऔषध नियन्त्रण ब्यूरोका असई नविन शाही ‘उत्कृष्ट प्रहरी’ घोषित



सुर्खेत । लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) नविन कुमार शाही २०८२ साल साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन् । शाहीले जिम्मेवारी निर्वाह गर्ने क्रममा व्यावसायिकता र इमानदारिता देखाउँदै उल्लेखनीय सफलता हासिल गरेकाे भन्दै उनलाई साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिएकाे हाे ।

उनका नेतृत्वमा विभिन्न समयमा ७२० ग्राम ६२ मिलिग्राम खैरो हेरोइन, ११३ किलो ६०४ ग्राम गाँजा, १९ किलो ३२५ ग्राम अफिम र ६०० ट्याब्लेट ट्रामाडोल बरामद गरिएको ब्यूरोले जनाएको छ । त्यस्तै, लागूऔषध कारोबार तथा सेवनमा संलग्न २२ जनालाई नियन्त्रणमा लिन शाही सफल भएका छन् ।

कर्तव्य पालनामा देखाएको समर्पण, उच्च व्यावसायिक आचरण र संगठनप्रतिको निष्ठालाई कदर गर्दै उनलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २ गते सोमबार