२०८३ जेठ १८ , सोमबार

सुर्खेत–बाँके क्षेत्रका लाभग्राहीका लागि सामाजिक सुरक्षा भत्ता नविकरण बायोमेट्रिक शिविर सञ्चालन



पुष्कर खड्का,दैलेख। सुर्खेत र बाँके आसपास बसोबास गर्ने महाबु गाउँपालिका–३ का सामाजिक सुरक्षा भत्ता प्राप्त लाभग्राहीका लागि सामाजिक सुरक्षा भत्ता नविकरण बायोमेट्रिक शिविर सञ्चालन हुने भएको छ। वीरेन्द्रनगर नगरपालिका–६ मा सञ्चालन हुने उक्त शिविर यही भदौ १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने  महाबु गाउँपालिका–३ का वडाध्यक्ष कृष्ण कुमार दाहालले जानकारी दिए ।

शिविरमार्फत सामाजिक सुरक्षा भत्ता प्राप्त लाभग्राहीहरुको बायोमेट्रिक विवरण संकलन गरी नविकरण प्रक्रिया अगाडि बढाइने जनाइएको छ। वडाध्यक्ष दाहालका अनुसार शिविरमा सुर्खेत र बाँके जिल्लाका लाभग्राहीहरूले आवश्यक कागजातसहित उपस्थित भई आफ्नो सामाजिक सुरक्षा भत्ता नविकरण गर्नुपर्नेछ। सामाजिक सुरक्षा भत्ता नविकरणमा बायोमेट्रिक पद्धति लागू गर्नु, लाभग्राहीहरूको दर्ता प्रणालीलाई थप व्यवस्थित बनाउन महत्वपूर्ण हुने अध्यक्ष  दाहालकाे भनाइ छ ।

प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार