२०८३ वैशाख २८ , सोमबार

कर्णालीलाई अन्य प्रदेशसँग तुलना नगर्न बैङ्कहरूलाई मुख्यमन्त्री कँडेलको आग्रह



सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा लगानी गर्ने विषयमा अन्य प्रदेशसँग तुलना नगर्न बैङ्कहरूलाई आग्रह गरेका छन् । बिहीबार प्रदेश सरकारको वार्षिक कार्यक्रमअन्तर्गत कृषि तथा उद्यम व्यवसायमा ब्याज अनुदानलाई सरल र सहज बनाउन कर्णाली प्रदेशलाई कार्यक्षेत्र बनाएका वाणिज्य तथा विकास बैङ्कका प्रदेशस्तरीय प्रमुखहरूसँगको अन्तरक्रियात्मक छलफलमा मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् ।

उनले कर्णालीमा गर्ने लगानीलाई अरू प्रदेशसँग तुलना नगरी यहाँको आवश्यकताको आधारमा बैङ्कहरूले सरलीकृत सेवासहित लगानीको वातावरण बनाउँदै लैजानुपर्नेमा जोड दिए । छलफलमा बैङ्कका कतिपय असजिला नीतिले नयाँ पुस्तालाई उद्यमशीलतामा आकर्षित गराउन नसकिएको विषयमा गम्भीर भएर सोच्ने बेला आएको मुख्यमन्त्री कँडेलले बताए ।

प्रदेश सरकारले अघि सारेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएका अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन बैङ्कहरूबाट सहयोगको अपेक्षा गरेको उनले बताए ।

प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार