साटो ब्राण्डका खानेपानी स्वच्छता तथा सरसफाइका सामग्री अब कर्णालीमा

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता १७ भाद्र २०८२, मंगलवार २०:२३

सुर्खेत । टास्ने र जोड्ने काममा प्रख्यात साटो ब्रान्डका विभिन्न खानेपानी स्वच्छता तथा सरसफाइ सम्बन्धिका उत्पादन अब कर्णाली प्रदेशमा पनि बिक्री वितरण हुने भएको छ । नेष्ट ट्रेडर्स एण्ड सप्लायर्स प्रालि नेपालगञ्जले मंगलवारदेखि कर्णालीमा आधिकारिक रूपमा साटोका खानेपानी स्वच्छता तथा सरसफाइ सम्बन्धिका सामग्री विक्रिवितरण सुरु गरेको सञ्चालक दिपेन्द्र सिंहले जानकारी दिए ।

उनका अनुसार विशेष गरी खानेपानी तथा शौचालयमा प्रयोग हुने सामाग्रीलाई प्राथमिकताका साथ कर्णालीका सबै जिल्लामा पुर्याइनेछ ।सिंहले कर्णालीमा अझै पनि करिब १० प्रतिशत नागरिकको घरमा शौचालय नभएको अवस्थालाई ध्यानमा राख्दै सस्तो र सुलभ मूल्यमा शौचालयका सम्पूर्ण सामग्री उपलब्ध गराउने उद्देश्य रहेको बताए ।

‘साटोका उत्पादनहरू स्वच्छ, गन्धतारहित, कम पानीमै प्रयोग गर्न मिल्ने र जुनसुकै ठाउँमा सहज रूपमा ढुवानी गर्न सकिने विशेषता राख्छन्,’ उनले भने । ‘हाल भारतमा मात्र नभई जापानमै बनेका अत्याधुनिक सामग्रीसमेत नेपालमा उपलब्ध गराइँदै आइरहेका छौँ।,’ भारतका विभिन्न राज्यमा लोकप्रिय बनेको साटो ब्रान्ड अहिले चीन, हङकङ, कतार, जापान, दुबईसम्म विस्तार भइसकेको छ ।

साथै उनले नेपालमा काठमाडौँ, नारायणगढ, वीरगञ्ज, हेटौँडा, जनकपुर, लाहान, विराटनगर र धरानलगायत क्षेत्रमा सफलतापूर्वक बिक्री वितरण गररहेको छ । ‘अब कर्णालीमा पनि अत्याधुनिक उत्पादन एकाइ र उच्च स्तरीय प्रविधिबाट बनेका सामग्री उपलब्ध गराइनेछन्,’ सिंहले भने, ‘कम्पनीले मिक्सिङ, ब्लेन्डिङ्ग र प्याकेजिङ मा स्वचालित प्रणाली प्रयोग गरेर गुणस्तर सुनिश्चित गर्दै आएको छ ।, ’

साटोले अनुसन्धान र विकासमा निरन्तर काम गर्दै नयाँ चिप्कने तथा जोड्ने उत्पादनको आविष्कार र सुधारलाई प्राथमिकता दिएको सिंहले दाबी गरे । उनका अनुसार कम्पनीका उत्पादन विशेष रूपमा टिकाउ, जलप्रतिरोधी र सहज प्रयोगका लागि डिजाइन गरिएका छन् । जसले विभिन्न सामग्रीलाई मजबुत र दीर्घकालीन रूपमा जोड्न सक्षम बनाउने उनको विश्वास छ ।

Next Post

एभरेस्ट महिला भलिबल लिग, कर्णालीले पोखराको सामना गर्ने

१७ भाद्र २०८२, मंगलवार २०:२३
काठमाण्डौ । एभरेस्ट महिला भलिबल लिग (इडब्लूभी) को उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाज खेल्ने भएका छन् । उद्घाटन खेल पर्सि शुक्रवार दिउँसो दुई बजे सुरू हुनेछ । पर्सि नै साविक उपविजेता ललितपुर क्विन्स र मधेश युनाइटेडबीच दिउँसो चार बजे अर्को खेल हुनेछ । इन्फनिटी ड्रिम्स प्रा. लि. को […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930