सुर्खेत । आइतबार सरकारको अत्यधिक बल प्रयोगबाट १९ जनाको मृत्यु भएको घटनाप्रति विरोध जनाउँदै सुर्खेतमा जेन–जी आन्दोलित भएका छन्। सोमबार बिहानैदेखि कर्णाली प्रदेशसभा र मुख्यमन्त्रीको निवासअघि प्रदर्शन सुरु गरेका उनीहरूले अहिले प्रमुख तीन दलका पार्टी कार्यालयलाई घेराउ गरेका छन्।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका जिल्लास्तरका कार्यालयअगाडि पुगेका युवाहरूले चर्को नाराबाजी गरेका छन्। उनीहरूले तीनै दलका शीर्ष नेतामाथि आक्रोश प्रकट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।
साेमवार सामाजिक सञ्जाल बन्दको विरोध गर्दै सुरु भएको आन्दोलनमा जेन–जीहरूले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाएका थिए। तर सरकारले बल प्रयोग गरेपछि आन्दोलन हिंसात्मक रुप लिएको आरोप प्रदर्शनकारीहरूको छ।