आज बिहान सुर्खेतसहित देशका अधिकांश स्थानमा वर्षा

खबर दृष्टि
खबरदृष्टि संवाददाता ३० भाद्र २०८२, सोमबार ०९:४९

सुर्खेत । आज बिहान सुर्खेतसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा र अरब सागर तथा बङ्गालको खाडीको जलवापष्युक्त हावासमेतको प्रभावले कर्णाली प्रदेशसहित अरु प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद गोविन्द झाका अनुसार पछिल्लो १२ घण्टामा गण्डकी र लुम्बिनीका केहि स्थानमा धेरै भारी वर्षा समेत भएको छ। उनका अनुसार आज मौसममा सुधार आउने छैन्। देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले बाढी पहिरोको खोजिम छ।

राति पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन मौसमविद झाले अनुरोध गरेका छन्। भोलिदेखि भने मौसममा सुधार आउनेछ।

Next Post

पदबहाली लगत्तै गृहमन्त्री अर्यालले गरे यी ३ निर्णय

३० भाद्र २०८२, सोमबार ०९:४९
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । सिंहदरबारस्थित कार्यकक्षमा पदभार सम्हाल्दै गृहमन्त्री अर्यालले तीन महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन् । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारी र सुरक्षाकर्मीको […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930