जेन-जी आन्दोलन

कर्णाली प्रदेश सभामा लुटपाट, संलग्नहरुको खोजीकार्य सुरु

खबर दृष्टि
खबरदृष्टि संवाददाता ३० भाद्र २०८२, सोमबार १६:२२

सुर्खेत । कर्णाली प्रदेश सभा सचिवालयले सार्वजनिक सम्पत्ति चोरी तथा लुटपाटमा संलग्नहरुको खोजीकार्य सुरु गरेको छ । गत भदौ २४ गते सोमबार भएको जेनजी समूहको आन्दोलनको क्रममा सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै स्थानीय समूहहरुले कर्णाली प्रदेश सभा र सचिवालयबाट सार्वजनिक सम्पत्ति लुटपाट तथा चोरी गरेको कुराको जानकारी प्राप्त भएकाले सचिवालयले सम्बन्धित व्यक्तिहरूको पहिचान र खोजी कार्य सुरु गरेको हाे ।

प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै सभा र सभासचिवालयबाट आन्दोलनको फाइदा उठाई सार्वजनिक सम्पत्ति हिनामिना गर्ने, लुटपाट गर्ने तथा चोरीमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानुनी कारबाही अगाडि बढाउने तयारी गरेको जनाएकाे छ ।

आन्दोलनको क्रममा सभा तथा सचिवालयमा भएको तोडफोड, आगजनी, लुटपाट वा चोरीको समयमा फोटो वा भिडियो खिचेको वा त्यस्ता सामग्रीहरु सम्बन्धित व्यक्तिहरूबाट फेला परेका वा पहुँच भएको खण्डमा नजिकको प्रहरी कार्यालय अथवा कर्णाली प्रदेश सभा सचिवालयलाई ईमेलमार्फत् (karnalipradesh@gmail.com) उपलब्ध गराउन समेत प्रदेशसभा सचिवालयले अनुरोध गरेको छ ।सचिवालयले सूचनामार्फत अनुसन्धानको फोटो, भिडियोलगायतका सामग्री पठाई सहयोग गर्ने व्यक्तिहरूको परिचय भने पूर्ण रूपमा गोप्य राखिने बताएको छ ।

Next Post

जेन–जी आन्दोलनमा लुटपाट र अराजकता मच्चाउनेको खोजीमा सुर्खेत प्रहरी

३० भाद्र २०८२, सोमबार १६:२२
सुर्खेत । जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गर्नेको पहिचानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले खोजी अभियान सुरु गरेको छ। गत २३ र २४ भदौमा सुर्खेतका विभिन्न स्थानमा भएको विरोध प्रदर्शनका क्रममा भएका आगजनी, लुटपाट र आमसर्वसाधारणमा त्रास फैलाउने कार्यमा संलग्नको विवरण संकलन गर्न तस्वीर, […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930