जेन-जी आन्दोलनमा कर्णालीमा कति भयो भौतिक क्षति ?

खबर दृष्टि
खबरदृष्टि संवाददाता १ आश्विन २०८२, बुधबार १०:१०
जेनजी आन्दोलनपछि जलेर क्षतिग्रस्त भएको एक कर्णाली प्रदेश सभा भवन परिसर।

सुर्खेत । गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनले कर्णाली प्रदेशका तीन जिल्लामा सरकारी तथा निजी भौतिक संरचना ठुलो मात्रामा ध्वस्त पारेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनका क्रममा सुर्खेत, जुम्ला र मुगुमा गरी जम्मा ५२ वटा भवनमा क्षति पुगेको छ।

प्रहरीको विवरणअनुसार सुर्खेतमा ४४, जुम्लामा ६ र मुगुमा २ भवन आंशिकदेखि पूर्ण रूपमा नोक्सानीमा परेका छन्। यीमध्ये सङ्घीय ५, प्रादेशिक ७, जिल्ला तथा स्थानीय तहका १७, व्यक्तिगत ८, अन्य सङ्घ–संस्थाका ३ र पार्टी कार्यालय १२ भवनमा क्षति भएको हो। प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) केदार खनालका अनुसार पूर्णपुरमा जलेर नष्ट भएका भवनको सङ्ख्या २० छ।     यसमा सङ्घीय १, प्रादेशिक ४, जिल्ला तथा स्थानीय ७, व्यक्तिगत ४, अन्य सङ्घ–संस्था १ र पार्टी कार्यालय ७ वटा रहेका छन्।  सवारीसाधनतर्फ ४५ वटा गाडी र मोटरसाइकलमा क्षति पुगेको छ। सरकारी गाडीमध्ये ६ पूर्णपुरमा जलेका छन् भने १३ आंशिक क्षतिग्रस्त छन्। त्यस्तै मोटरसाइकल १४ पूर्णपुरमा र ५ आंशिक क्षतिग्रस्त छन्। निजी पक्षका २ गाडी पूर्णपुरमा, ४ गाडी आंशिक र १ मोटरसाइकल आंशिक क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

आन्दोलनका क्रममा प्रदेशभर १३ जना सर्वसाधारण घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र विभिन्न अस्पतालमा उपचार भइरहेको कर्णाली प्रदेश प्रहरीले जानकारी दिएको छ।

Next Post

बागमती प्रदेशसभाका सभामुखले दिए राजीनामा

१ आश्विन २०८२, बुधबार १०:१०
  बागमती । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख अपसरा चापागाइँलाई आफ्नो राजिनामा पत्र बुझाएका हुन् । नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । उनले यसअघि नै राजीनामा घोषणा गरे पनि कानुनी […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031