कर्णाली सरकारका प्रवक्ता शाहद्वारा जेन-जी आन्दोलनमा भएको क्षतिको अनुगमन

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता १ आश्विन २०८२, बुधबार १९:५३

सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जेन-जी आन्दोलनमा भएको क्षतिको अनुगमन गरेका छन् । बुधबार प्रवक्ता शाहले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट क्षति भएका कर्णाली प्रदेशका सरकारी कार्यालय तथा निवासहरुको अनुगमन गरेका हुन् ।

मन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जलस्रोत तथा उर्जाविकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयहरुका सरकारी निवासको अनुगमन गरेका उनका स्वकीय सचिव हेमन्त दशौंदीले जानकारी दिए । उनका अनुसार मन्त्री शाहले कर्णाली प्रदेशसभाको पनि अनुगमन गरेका छन् । जेनजीका नाममा यी कार्यालयहरुमा तोडफोड तथा आगजनी गरिएको छ ।

अनुगमन गर्दै मन्त्री शाहले जेनजीले उठाएका विषय मनन योग्य भएको बताए । उनले भने, ‘भ्रष्टाचार नियन्त्रण, राजकीय पदमा बसेकाको सम्पत्ति छानविन, अनियमितता रोक्ने र जनताले सहज ढंगले सेवा प्राप्त गर्ने कुरामा सरकार जिम्मेवार हुनैपर्छ। तर, पुर्वघोषणा विपरित खर्बौको भौतिक संरचनामा भएको तोडफोड र आगजनी निन्दनीय र भ्रत्सना योग्य छ ।’

यस्तै, मन्त्री शाहले यस आन्दोलनले मुलुकका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र निजि क्षेत्रमा एकैपटक गरिएको प्राहर देशमाथिको प्रहार भएको उल्लेख गरे । उनले भने, ‘हाम्रा आस्थाका धरोहर सिंहदरबार, संघिय संसद भवन सर्वोच्च अदालत, प्रदेश सभा भवन, थुप्रै सार्वजनिक तथा निजी व्यापारिक संरचनामा गरिएको आगजनी, तोडफोड तथा विध्वंसात्मक र विनाशकारी घटनाको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाही हुनुपर्छ ।’

मन्त्री शाहले यस विध्वंसात्मक घटनाले नेपाल ५० वर्षपछि धकलिएको बताए। उनले भने, ‘कर्णाली जस्तो क्षेत्रमा हाम्रा यस्ता सुन्दर संरचनामा भएको क्षति हेर्दा लाग्छ कुनै मानवीय संवेदना भएकोले गर्नै सक्दैन । यसले हामिलाई भावविह्वल बनाएको छ । तर हामी खरानी टक्टकाएर फेरि उठ्नेछौं ।’ यस्तै, मन्त्री शाहसँगै प्रदेश सभामुख नन्दा गुरुङ, उप–सभामुख यशोदा न्यौपाने, प्रदेशसभा सचिव जीवराज बुढाथोकी र कृषि मन्त्रालयका सचिव संजिवकुमार कर्ण लगायतले अनुगमन गरेका थिए ।

यस्तै, प्रहरीका अनुसार जेनजी आन्दोलनबाट कर्णाली प्रदेशका तीन जिल्लाका सरकारी तथा निजी गरी ५२ बढी भौतिक संरचना तहसनहस भएका छन् । क्षति भएका ४५ वटा सवारी साधनमाहरुमा सरकारी गाडीहरु पूर्णरुपमा ६ वटा, १३ आंशिक गरी जम्मा १९ र मोटरसाइकतर्फ १४ वटा पूर्ण र ५ वटा आंशिक गरी जम्मा १९ वटा छन् ।

Next Post

कर्णालीका मुख्यमन्त्री कँडेलले भने - प्रतिगामीहरू गणतन्त्र उल्टाउन खोज्दैछन, सचेत बनौं

१ आश्विन २०८२, बुधबार १९:५३
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले ७० वर्ष लामो संघर्षपछि ल्याइएको गणतन्त्र र संविधान प्रतिगामीहरू उल्टाउन लागिरहेकोले नागरिक सचेत हुनुपर्ने बताएका छन् । अहिलेको राजनीतिक परिस्थिति खतरनाक मोडतर्फ गएको भन्दै सबै नागरिकस्तरबाटै सचेत हुनुपर्नेमा मुख्यमन्त्री कडेलले जोड दिएका हुन् । मंगलबार वीरेन्द्रनगरमा नेकपा […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031