वीरेन्द्रनगरकाे भैरव मन्दिरमा भैरव–बडिमालिका प्राणप्रतिष्ठा कार्यक्रम हुँदै

खबर दृष्टि
खबरदृष्टि संवाददाता ३ आश्विन २०८२, शुक्रबार २०:०९

 

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–४ स्थित भैरव मन्दिर परिसरमा भैरव बडिमालिका माताको मूर्ति र त्रिशुल प्राणप्रतिष्ठा कार्यक्रम आगामी असोज ६ गतेदेखि सुरु हुने भएको छ। भैरव देवता धार्मिक समाजको आयोजनामा हुन लागेको यो धार्मिक समारोह सात दिनसम्म सञ्चालन हुने समाजका अध्यक्ष युवराज पन्तले जानकारी दिए।

उनका अनुसार असोज ६ गते मन्दिर परिसरबाट प्रारम्भ गरी कालिका मन्दिर, देउती बज्यै मन्दिर, उत्तरगंगा मन्दिर हुँदै दुर्गा मन्दिर (बाङ्गेसिमल) र अन्ततः भैरव मन्दिरसम्म विशेष विधिपूर्वक प्राणप्रतिष्ठा कर्म सुरु गरिनेछ। कार्यक्रमअनुसार असोज ७ गते अन्नस माताजीलाई अन्न बास, ८ गते मधुपर्क बास, ९ गते मिष्ठान्न वास, १० गते फलादी वास, ११ गते दर्बे वास, १२ गते पुष्प वास, १३ गते ब्राह्मणद्वारा स्वस्थी वाचन र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलद्वारा दुर्गा माता मूर्तिको प्राणप्रतिष्ठा हुनेछ।

असोज १४ गते अष्टमी दुर्गा पूजा र १५ गते कन्या पूजन तथा पूर्णाहुतिसहित कार्यक्रम सम्पन्न हुनेछ । अध्यक्ष पन्तले सम्पूर्ण श्रद्धालु भक्तजनलाई धार्मिक लाभ प्राप्त गर्न यो अवसरमा सहभागी हुन आग्रह गरेका छन्।

Next Post

संविधान दिवसको अवसरमा एमाले ठाँटीकाँधद्धारा दीप प्रज्वलन

३ आश्विन २०८२, शुक्रबार २०:०९
दैलेख । नेकपा एमाले ठाँटीकाँध गाउँकमिटी दैलेखद्धारा दीप प्रज्वलन गरिएको छ। शुक्रबार एक समारोहबीच दीप प्रज्वलन गरिएको हो। गाउँ कमिटी सचिव रमेशकुमार विकलले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा नेकपा एमाले ठाँटीकाँध गाउँपालिका कमिटीको कार्यालयको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम गरिएको जानकारी दिए। यस्तै, पालिका कमिटीले कर्तव्य पालना सँग–सँगै संविधान […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031