भेरी नगरपालिका-५ का वडाध्यक्ष चन्दद्वारा राजीनामा

खबर दृष्टि
खबरदृष्टि संवाददाता ९ आश्विन २०८२, बिहीबार २०:४१

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–५ का वडाध्यक्ष लालबहादुर चन्दले पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेख्दै वडाध्यक्ष पद छाड्ने घोषणा गरेका हुन् । चन्दले सेवाग्राहीहरूले वडाको कार्यालय खलंगामा सार्न निरन्तर दबाब दिएपछि काम गर्ने वातावरण नै नबनेको हुँदा आफूले वडा अध्यक्ष पदबाट राजीनामा दिन बाध्य भएको गुनासो गरे ।

हाल वडा कार्यालय भेरी नगरपालिकास्थित काफलचौरमा छ । ‘कोही सेवाग्राहीले हाल भएकै ठाउँबाट सेवा दिनुपर्ने भन्ने, कोहीले खलंगामा लैजानुपर्ने भन्ने दबाब दिए । उनले खबरदृष्टिसँग भने, ‘यसरी काम गर्ने वातावरण नै नभएकाले राजीनामाको घोषणा गर्न बाध्य भएँ ।’ त्यस्तै, उनले नगर प्रमुख चन्द्र प्रकाश घर्ती सधैं कार्यालयमा नभेटिने गरेको उल्लेख गर्दै नगरप्रमुखका कारण पनि आफूले पदबाट राजीनामा दिएको बताए ।

उनले भने, ‘वडाका सेवाग्राहीहरूले भूकम्प पुनर्निर्माणको कामका लागि दबाब दिएका थिए । तर, हामी नगरपालिकामा जाँदा मेयर साप जहिल्यै कार्यालयमै नभेटिने हुँदा समस्या भयो ।’ चन्द २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएर वडाध्यक्ष भएका थिए । उनले अब कांग्रेस पार्टी पनि परित्याग गर्ने तयारी गरेको बताए ।

Next Post

सुर्खेतमा गाडी दुर्घटना हुँदा १७ जना घाइते (नामावलीसहित)

९ आश्विन २०८२, बिहीबार २०:४१
सुर्खेत । सुर्खेतमा आज (आइतवार) बिहान भएको गाडी दुर्घटना घाइते भएका सबैको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गाडी दुर्घटनामा १७ जना घाइते भएका छन्। आइतबार बिहान करिब ४ बजेको समयमा रत्नराजमार्ग अन्तर्गत वीरेन्द्रनगर नगरपालिका ११ ठूलो ब्युरेनिस्थित बाँकेको कोहलपुरबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश०२००१ ख ११२९ नम्बरको […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031