
सल्यान । सल्यानमा जन्ती लिएर जाँदै गरेको जीप दुर्घटना हुँदा दुलहा–दुलहीसहित १२ जना घाइते भएका छन् । बिहीबार बेलुका जन्ती बोकेर शारदा नगरपालिका—१० भागाचौरबाट वडा नम्बर ९ भागाचौरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ज ००२१ नम्बरको जीप शारदा नगरपालिका–९ ज्वालापुरमा दुर्घटना भएको हो।
जीप चालक सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१२ बस्ने वर्ष करिब २६र२७ का हरि बहादुर बुढा दुर्घटनालगत्तै फरार भएका छन् । उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । स्थानीयले टेलिफोनमार्फत दुर्घटनाको जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायब उपरीक्षक हेम बहादुर केसीको कमाण्डमा ट्राफिकसहित ११ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाे छ ।
घाइतेहरूको विवरण
१. शारदा नगरपालिका-१० भागाचौर बस्ने वर्ष करिब ६० की गुमी कवरको टाउको, छाती र ढाडमा गम्भीर चोट ।
२. शारदा नगरपालिका-१० भागाचौर बस्ने वर्ष करिब १४ की सोभा कवरको पेट, कम्मर र दायाँ खुट्टामा गम्भीर चोट।
अवस्था मध्यमः
३. शारदा नगरपालिका-१० भागाचौर बस्ने वर्ष करिब १४ की हरिकला कवरको दाहिने खुट्टा भाँचिएको।
४. शारदा नगरपालिका-१० भागाचौर बस्ने वर्ष करिब २० की कमला गिरी (दुलही) को नाक, पेट र ढाडमा चोट।
अवस्था सामान्यः
५. शारदा नगरपालिका-१० भागाचौर बस्ने वर्ष करिब १८ का प्रबिन कवरको बायाँ हातमा चोट।
६. शारदा नगरपालिका-१० भागाचौर बस्ने वर्ष करिब १४ की रेनुका कवरको दायाँ हातमा भित्री चोट।
७. शारदा नगरपालिका-१० भागाचौर बस्ने वर्ष करिब १७ का हेमराज कवरको ढाडमा चोट।
८. शारदा नगरपालिका-१० भागाचौर बस्ने वर्ष करिब २६ की कुमारी बुढाथोकीको छातीमा चोट।
९.शारदा नगरपालिका-९ बस्ने वर्ष करिब १५ की बिमला गिरीको बायाँ खुट्टामा चोट। १०. शारदा नगरपालिका-९ बस्ने वर्ष करिब ३३ का रुपराल गिरीको टाउकोमा चोट।
११. शारदा नगरपालिका-९ बस्ने वर्ष करिब ४२ की प्रमिला गिरीको टाउको, घाटीमा चोट।
१२. शारदा नगरपालिका-९ बस्ने वर्ष करिब २४ का चेतराम गिरी (दुलाह) को पेटमा चोट।