सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका–४ देशीखोलामा जीप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जीप शुक्रबार बिहान करिब ११ बजे पिप्लाङतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेहरुलाई हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।