कर्णालीमा जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिन सुरु

खबर दृष्टि
खबरदृष्टि संवाददाता २४ आश्विन २०८२, शुक्रबार २०:१०

सुर्खेत । कर्णाली प्रदेशमा जेनजी आन्दोलन (गत भदौ २३ र २४ गते) मा घाइते भएकाहरुलाई परिचयपत्र वितरण थालिएको छ। सरकारले आन्दोलनका क्रममा घाइतेहरूलाई परिचयपत्र दिने घोषणा गरेको थियो । जिल्ला प्रशासन कार्यालयले शुक्रबार लेकवेशी नगरपालिका-१० का सुशान्त शाही र वीरेन्द्रनगर नगरपालिका-१० बालकृष्ण काफ्लेलाई घाइते परिचय पत्र वितरण गरेको हो ।

वितरण प्रक्रियाको समन्वय र सहजीकरणमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले विशेष भूमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरिएको छ। परिचयपत्र प्राप्त गरेका घाइते व्यक्तिहरूले उपचारका लागि रु. २० हजार सम्मको खर्च सहायता पाउने व्यवस्था गरिएको छ।

साथै, परिचयपत्र धारकहरूलाई हरेक क्षेत्रमा प्राथमिकताका साथ सेवा र सुविधा उपलब्ध गराइने सम्बन्धित निकायले जनाएको छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी उपाध्यायले परिचयपत्रका लागि दाबी गर्न आए घाइतेहरूलाई जिल्ला प्रशासन कार्यालयले परिचयपत्र उपलब्ध गराउँदै जाने बताए ।

Next Post

जेनजी आन्दोलनका घाइते दीपकको पीडा : एक महिनापछि नाकबाट निकालियो प्रहरीको गोली

२४ आश्विन २०८२, शुक्रबार २०:१०
कुलेन्द्र शाही, सुर्खेत । एक महिना अगाडि (गत भदौ २३ गते) भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले काठमाडौँसहित देशैभर आन्दोलन ग¥यो । देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा सरकारले दमन गर्दा प्रहरीको गोलीले २३ गते १९ युवाको मृत्यु भयो । युवाको मृत्यु भएपछि भोलिपल्ट भदौ २४ गते आन्दोलन झन् चर्कियो । उक्त दिन […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031