२०८२ मंसिर १९ , शुक्रबार

शिवालयमा खुला पुरुष भलिबल प्रतियोगिता हुँदै

विजेताले पाउनेछन् १ लाख १ हजार पुरस्कार


समाचार सारांश
Generated Using AI
  • जाजरकोटको शिवालय गाउँपालिका–३, ऐरेली बजारमा खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
  • विजेताले एक लाख ११ हजार एक सय एघार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
  • सहभागी टिमले अनिवार्य खेल पोशाकमा उपस्थित हुनुपर्नेछ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। आगामी मंसिर ५ गतेदेखि लाग्ने ऐरेली मेलाको अवसरमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ शिवालय गाउँपालिका–३ ऐरेली बजारमा प्रतियोगिता आयोजना हुने भएको हो।

जिल्लाभित्र भलिबल खेलाडीहरु धेरै रहेकाले युवा खेलाडीहरुको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको  समितिका संयोजक टेकबहादुर बुढाले बताए । उनकाअनुसार प्रतियोगितामा सहभागी टोलीहरूले मंसिर ६ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ। खुला भलिबल प्रतियोगिता हुने भएकाले देशका कुनै पनि पालिकाबाट सहभागिता जनाउन सक्नेगरी तयारी गरेको उनले बताए।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। सहभागी टोलीले अनिवार्य रूपमा खेल पोशाकमा उपस्थित हुनुपर्ने र खेल दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको समितिले जनाएको छ। खुला भलिबल प्रतियोगिता मंसिर ६ गते बिहान ९ बजेदेखि सञ्चालन हुनेछ।

प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार