
सुर्खेत। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गर्दै उनले लिखित रूपमा राजीनामा बुझाएका हुन्।
शर्माले राजीनामा पत्रमा आफ्नो निर्णयबारे उल्लेख गर्दै भनेका छन्, “उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु।”
हालै तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलहरू एकीकृत हुँदै नयाँ नेकपा गठन भएपछि आन्तरिक शक्ति सन्तुलनमा परिवर्तन आएको छ। नवगठित पार्टीभित्र जनार्दन शर्माको पक्षधर देखिएका पूर्वमुख्यमन्त्री शर्माले त्यसैको प्रभावस्वरूप दलका नेताबाट राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : २०८२ मंसिर १७ गते बुधबार