
सुर्खेत। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले आफूहरुले मात्रै देश बनाउन सक्ने दाबी गरे। शनिवार वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूहरूलाई देश बनाउने हुटहुटी भएको हुँदा देश बनाउन आफूहरुले मात्रै सक्ने बताएक हुन् ।
‘सबै विकास गर्ने, देश बनाउने हुटहुटी हामीमा छ। त्यसैले अहिले पनि हजारौं जेन-जीहरुले हाम्रो पार्टीमा प्रवेश गर्नु भएको छ।,’ उनले भने,’जेन-जीहरु पनि यही पार्टीको पक्षमा हुनुहुन्छ।’, नेपालले थपे,’महिला, युवा, बुद्धिजीवी, विज्ञ सबैको यही पार्टीको विश्वासमा हुनुहुन्छ।अब विकासको एउटा अभिनय फल्न थाल्छ, त्यसैले यस पार्टीलाई विश्वास गर्नुहोस्, हामीले यही पार्टीलाई विस्तार गर्ने छौ।’,
साथै उनले कर्णाली किन पछि परेको हो भन्ने विषयमा छलफल गर्नुपर्ने आवश्यक रहेको बताए। सहसंयोजक नेपालले नेकपालाई गरिब, निमुखा जनताको आँसा र भरोसाको केन्द्रका रूपमा अगाडि बढाउनुपर्ने बताए। उनले विकास निर्माणदेखि समग्र देश निर्माणसम्म कम्युनिष्ट पार्टीको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै जनतालाई देशको वास्तविक मालिक बनाउने नेकपाको लक्ष्य रहेको बताए।