
सुर्खेत । नेपाल संवाद क्लब कर्णाली प्रदेश स्तरीय कमिटीको औपचारिक घोषणा गरिएको छ । आइतवार कर्णाली प्रदेश राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार ऋषि धमलाको प्रमुख आतिथ्यतामा गोविन्द विश्वकर्मा अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।
जसमा बरिष्ठ उपाध्यक्षमा प्रज्वल चुनारा, उपाध्यक्षमा मालती बिक, महासचिवमा सञ्जीवकुमार बिसी, सचिवमा यादव पौडेल, उपसचिवमा डिलु सुनार, कोषाध्यक्षमा विवेक स्वर्णकार रहेका छन् । यस्तै सदस्यहरूमा किरण बुढा क्षेत्री, नविन पुरी, शान्ति बिक, जगत सुनार, विपना विश्वकर्मा, रविन्द्र तिवारी, भरत सुनार र अजय बिक सर्वसम्मत चयन भएको सचिव पौडेलले बताए।
नवनिर्वाचित अध्यक्ष विश्वकर्माले कर्णाली प्रदेशमा संवाद, पत्रकारिता र सामाजिक उत्तरदायित्वलाई सशक्त बनाउने प्रतिबद्धता गरे । उनले संगठनलाई प्रदेशभर विस्तार गर्दै पत्रकारहरूको क्षमता विकासमा काम गर्ने बताए ।
प्रमुख अतिथि रहेका पत्रकार धमलाले कर्णाली प्रदेशमा पत्रकारिता र सञ्चारको दृष्टिले महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै नेपाल संवाद क्लबले कर्णालीको आवाजलाई राष्ट्रिय स्तरमा पु¥याउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । नवगठित प्रदेश स्तरीय कार्यसमितिलाई उनले प्रमाण पत्र तथा बधाई दिएका थिए।