
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–१ मा विभिन्न पार्टी परित्याग गर्दै ८ जनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। शनिवार सिम्ता गाउँपालिका–१ स्थित घोरेटामा आयोजना गरिएको एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर ८ जना बढीले रास्वपामा प्रवेश गरेका हुन्।
रास्वपा नेता टेकबहादुर सिंहका अनुसार रास्वपामा प्रवेश गर्नेहरूमा डिल्लीराज शर्मा, टेकबहादुर परियार, टेकेन्द्र प्रकाश केसी र गगन सिंह ठकुरी रहेका छन्। यस्तै गगन खत्री, प्रेम विश्वकर्मा, पुर्ण बहादुर विक र हरी बहादुर विक रहेको सिंहले बताए । यस्तै शनिवार नै रास्वपाको वडा कमिटि समेत गठन गरिएको छ ।
जसमा डिल्लीराज अध्यक्ष र टेकबहादुर परियार सचिव पदमा रहेका छन् । कार्यक्रममा बोल्दै रास्वपा नेताहरूले वैकल्पिक राजनीतिको आवश्यकता औँल्याउँदै स्थानीय तहबाटै सुशासन र विकासको अभियानलाई सशक्त बनाइने बताएका थिए ।