२०८३ वैशाख ३ , बिहीबार

वीरेन्द्रनगरमा अटो चालकलाई ट्राफिक सचेतना



सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको मंगलगढी चोकमा अटो चालकसंग ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ। पछिल्लो समय प्रदेश राजधानी वीरेन्द्रनगरमा अटोहरूको संख्या वृद्धि हुँदै गएपछि आइतवार ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख तथा प्रहरी निरीक्षक रोहित कुमार शाहीका अनुसार अटो चालकहरूलाई ट्राफिक नियम पालना, सवारी चलाउँदा आवश्यक सावधानी अपनाउने तथा यात्रुहरूलाई सुरक्षित रूपमा ढुवानी गर्न आग्रह गरिएको थियो।

कार्यक्रममा सहभागी अटो चालकहरूले ट्राफिक नियमको पालना गर्ने र यात्रुहरूलाई सुरक्षित ढंगले सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ट्राफिक प्रहरीले यस्ता सचेतनामूलक कार्यक्रम सञ्चलन गरिरहेको र यसलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार