२०८२ माघ ३ , शनिबार

२८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो




सुर्खेत ।
कर्णाली प्रदेश सरकारले २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाएको छ । ‘सबै तहका सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने नाराका साथ कर्णाली सरकारले दिवस मनाएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव लक्ष्मीकुमार विकले भोलेन्टियरहरु तयार गरेर भूकम्प सम्बन्धि जनचेतना फैलाउनुपर्ने बताए ।

उनले भने, ‘भूकम्प गइसकेपछि विशेष गरेर महिला, बालबालिका, अपांगहरूलाई समस्या हुने गर्दछ । एक्कासी आउने भूकम्प जस्ता विपद्बाट बच्नका लागि उद्दार लगायतका कुरामा भोलेन्टियर बनाए।यस्तै, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले भूकम्प लगायतका विपद्पछि हुने उद्धार तथा राहतका लागि तीनै सरकारले आ–आफ्नो भूमिका खेल्नुपर्ने बताए ।

उनले भने, ‘विपद् व्यवस्थापन तीन वटै सरकारको अधिकारको क्षेत्र हो । कुनै पनि विपद्मा प्रदेश सरकारले छुट्टै काम गर्नेसक्ने अवस्था छैन् । कर्णाली प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लाका विपद् कोषमा आवश्यक रकम जम्मा गरेको छ । त्यो पैसा जिल्लाबाटै खर्च गर्ने हो । प्रदेशले विपद्को बारेमा काम गर्ने हैन् ।’

यस्तै, दिवसलाई सम्बोधन गर्दै कर्णाली सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले भूकम्पको जोखिमबाट बच्ने ज्ञान बारे सबै नागरिकहरु जानकार हुनुपर्ने बताए । उनले भूकम्प सुरक्षा दिवसले हामी सबै नागरिकहरुले भौतिक संरचना निर्माण गर्दा आवश्यक कुराहरुलाई पुरा गर्नका लागि सजक र सचेत हुन सुझाव दिए ।

मन्त्री शाहले सहरका नागरिकहरुले कानूनको बारेमा जानकारी भएता पनि गाउँघरमा भूकम्पबाट बच्ने उपायहरुका बारेमा जानकारी समेत नभएकाले सचेत नागरिकहरुले आ–आफ्नो घर टोलबाट जनचेतना फैलाउनुपर्ने बताए । भूकम्प दिवसको अवसरमा प्राप्त भौैतिक संरचना निर्माण लगायतका विषयबाट प्राप्त ज्ञान सबैतिर बाड्न अनुरोध गरे ।

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार