
काठमाडाैँ । राष्ट्रिय सभाका तीन सांसदले राजीनामा दिएका छन्। नेपाल कम्युनिष्ट पार्टीका नारायणकाजी श्रेष्ठ, राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतम र नेकपा एमालेकी भगवती न्यौपानेले पदबाट राजीनामा दिएका हुन्। तीनै जनाले सिंहदरबारस्थित राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएका हुन्।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्न उनीहरुले पदबाट राजीनामा दिएका हुन्। तीनै जना सांसदहरुको कार्यकाल आउँदो फागुन २० गते सकिदैँ थियो। श्रेष्ठ सर्लाही–३ बाट उम्मेदवार बन्न लागेका छन्। त्यस्तै वामदेव गौतम बर्दियाबाट चुनाव लड्ने तयारीमा छन्। गौतम पनि नेपाल कम्युनिष्ट पार्टीबाट उम्मेदवार बन्न लागेका हुन्। न्यौपाने तनहुँ-१ बाट चुनाव लड्ने तयारीमा छिन्।
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार