
जाजरकोट । नेपाली कांग्रेस जाजरकोटका सह-सचिव तथा पार्टी प्रवक्ता छवि पन्तले चुनावका बेला झुटो आश्वासन बाँडेर मत नलिने बताएका छन्। बुधबार भेरी नगरपालिका–२ मा आयोजित घरदैलो अभियानका क्रममा मतदातासँग कुरा गर्दै उनले जनतालाई झुक्याएर चुनाव जित्न आवश्यक नरहेको बताएका हुन्।
‘हामी आज आश्वासन बाँडेर चुनाव जित्दैनौँ, फेरि पनि हामीले चुनाव लड्नुपर्ने हुन्छ,’ उनले भने, ‘अरू जस्तो झुटा आश्वासन देखाएर पछि लखेटिनुपर्ने अवस्था नआउला भन्न सकिन्न। हामी जे बोल्छौँ, त्यही गर्छौँ। गर्ने काम जति मात्रै बोल्छौँ।,’ उनले आफ्नो पार्टी जनतासँग इमान्दार प्रतिबद्धतासहित अघि बढेको दाबी गर्दै पारदर्शी र जिम्मेवार राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित मिति : २०८२ फागुन ७ गते बिहीबार