२०८३ भदौ १४ , आइतबार

कर्णाली समृद्धि महोत्सवमा सांगीतिक कार्यक्रम २६ गतेसम्मलाई स्थगित



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १ स्थित रेडियो नेपाल नजिकै सञ्चालन भइरहेको कर्णाली समृद्धि महोत्सव २०८२ को सांगीतिक कार्यक्रम अस्थायी रूपमा स्थगित गरिएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा गत चैत ११ गतेदेखि सञ्चालन भइरहेको महोत्सवमा चैत २६ गतेसम्म साङ्गीतिक कार्यक्रम स्थगित गरिएको हो।

वीरेन्द्रनगर नगरपालिका वडा नं. १ ले माध्यमिक शिक्षा परीक्षा (एसईइ) सञ्चालन भइरहेकाले परीक्षार्थीलाई असर नपरोस् भन्ने उद्देश्यले चैत २६ गतेसम्म सांगीतिक कार्यक्रम स्थगित गर्न आयोजकलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा महोत्सवका सांगीतिक कार्यक्रम भोलि (शुक्रवार) देखि पूर्ण रूपमा बन्द गरिएको महोत्सवका मूल आयोजक समिति संयोजक हरी बिष्टले जानकारी दिएका छन्।

उनका अनुसार महोत्सवका अन्य गतिविधिहरू भने यथावत् सञ्चालन भइरहनेछन् भने सांगीतिक कार्यक्रम मात्रै अस्थायी रूपमा रोकिएको हो। संयोजक बिष्टले चैत २७ गतेदेखि पुनः महोत्सवका सांगीतिक कार्यक्रम सञ्चालन हुने जानकारी दिए।

प्रकाशित मिति : २०८२ चैत १९ गते बिहीबार