२०८३ वैशाख २ , बुधबार

सुर्खेतमा भोलिदेखि सार्वजनिक सवारी बन्द गर्ने यातायात व्यवसायीको घोषणा



सुर्खेत । सुर्खेतमा यातायात व्यवसायीहरूले सार्वजनिक सवारी सञ्चालन ठप्प पार्ने चेतावनी दिएका छन् । प्रहरीले सार्वजनिक सवारीका मजदुरमाथि धरपकड गरेको र रातो प्लेटका सवारीसाधनमाथि कडाइ नगरेको आरोप लगाउँदै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

जिल्लामा सञ्चालनमा रहेका १३ वटा यातायात प्रा.लि.हरूले संयुक्त रूपमा निर्णय गर्दै प्रहरीको ‘पक्षपातपूर्ण’ कारबाही तत्काल रोक्न माग गरेका छन् । व्यवसायीहरूका अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रातो प्लेटका सवारीहरूलाई छुट दिइएको तर सार्वजनिक सवारीमाथि मात्रै दबाब सिर्जना गरिएको र आफूहरुमाथि अन्यायपूर्ण रहेको उनीहरूको भनाइ छ । यातायात व्यवसायीहरूले आफ्नो माग सम्बोधन नभए भोलिदेखि जिल्लाभर सार्वजनिक सवारी सेवा बन्द गर्ने घोषणा गरेका छन् ।

 

प्रकाशित मिति : २०८२ चैत १९ गते बिहीबार