२०८३ भदौ १८ , बिहीबार

देउडामार्फत कर्णाली चिनाउदै बिपना सिंह



जगदिश शाही

सुर्खे त ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा लोकप्रिय र मौलिक लोक सांस्कृतिक पहिचानको रुपमा रहेको लोकदेउदा गायनमा गायीका विपना सिंहले  सफलता हात पारेकी छिन् । सिंहले लोक देउदा गायनमार्फत कर्णाली आफ्नो पहिचान बनाउन सफल भएकी हुन्। बाल्यकालदेखि नै देउडाको वातावरणमा हुर्किएकी उनले आफ्ना आमा जर्मा मल्ल सिंह र बुबा चित्र सिंह गाउँलेबाट देउडा गीतको भाका, लय र प्रस्तुति सिकेकी हुन् ।

समयको परिवर्तनसँगै बजारको मागअनुसारका रिमिक्स, आधुनिक, लोकगीत,सङ्गीतले छुट्टै पहिचान बनाइरहेको अहिलेको समयमा बाबा–आमा र घर परिवारको सहयोगमा देउडा सिकेकी बिपनाको सांगीतिक यात्रा पछि विभिन्न लोकसांगीतिक कार्यक्रम, मेला–महोत्सवका मञ्चसम्म पुगेको छ । उनको सांगीतिक यात्रामा लोकसांगीतिक कार्यक्रम ‘इन्द्रेणी’ मा पनि जोडिएको छ । इन्द्रेणीमार्फत दर्शकमाझ पुगेकी बिपना अहिले विभिन्न स्थानमा आयोजना हुने मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रममा देउडा प्रस्तुत गर्दै आएकी छन् । उनको प्रस्तुतिलाई दर्शकले रुचाउने गरेको पाइन्छ । कर्णालीका विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएकी बिपनाका देउडा प्रस्तुति सामाजिक सञ्जाल तथा भिडियो प्लेटफर्ममा समेत सार्वजनिक हुँदै आएका छन् । यसबाट उनको सांगीतिक गतिविधि स्थानीय मञ्चसँगै डिजिटल माध्यमसम्म पुगेको देखिन्छ ।

देउडा गायनमा सक्रिय बिपनाले पुरस्कारसमेत प्राप्त गरेकी छन् । तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८१ मा उनले ‘सर्वोत्कृष्ट देउडा गीत नव–गायन महिला’ विधातर्फ अवार्ड प्राप्त गरेकी हुन् । बिपनाको सांगीतिक यात्राको मुख्य आधार भने परिवारबाट प्राप्त देउडाको ज्ञान हो । आमा कर्मा मल्ल सिंह र बुबा चित्र सिंह गाउँलेबाट सिकेको देउडालाई उनले आफ्नो सांगीतिक यात्रामा निरन्तरता दिँदै आएकी छन् । सांगीतिक गतिविधिसँगै बिपना सामाजिक सञ्जालमा पनि सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा लेखेको, “म मेरै महारानी, म मेरै लक्ष्मी, म मेरै प्रिय नारी, म मेरै शोभा, म मेरै म आफैँ” भन्ने अभिव्यक्ति उनको आत्मविश्वास र आफ्नै पहिचान प्रतिको दृष्टिकोणसँग जोडिएको छ ।

देउडा कर्णालीको मौलिक लोकसंस्कृतिको महत्वपूर्ण हिस्सा हो । नयाँ पुस्ताका कलाकारहरूले देउडालाई विभिन्न मञ्च र डिजिटल माध्यमबाट अगाडि बढाइरहेका बेला बिपनाको यात्रा पनि त्यसैसँग जोडिएको छ । महाबैमा आमाबुबाबाट देउडा सिकेर सांगीतिकयात्रा सुरु गरेकी बिपना इन्द्रेणी हुँदै अहिले मेला–महोत्सवका मञ्चमा दर्शकमाझ प्रस्तुत हुँदै आएकी छन् । देउडा गायनमा प्राप्त अवार्ड र
विभिन्न सांस्कृतिक कार्यक्रममा उनको निरन्तर सहभागिताले उनको
सांगीतिक यात्रालाई थप स्थापित गर्दै लगेको छ ।

प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार