२०८३ कात्तिक ५ , बुधबार

मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा सुदीप ठकुरीलाई स्वागत



जगदिश शाही
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले नयाँ रजिष्ट्रारका रूपमा सह–प्रा। डा। सुदीप ठकुरीलाई स्वागत गरेको छ। बिहीबार आयोजित कार्यक्रममा ठकुरीले रजिष्ट्रारको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो।

पदभार ग्रहण कार्यक्रममा विश्वविद्यालयका उपकुलपति सह–प्रा। ई। डा। राजन सुवालले ठकुरीलाई बधाई दिँदै जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना दिनुभयो।

जिम्मेवारी सम्हाल्दै रजिष्ट्रार ठकुरीले विश्वविद्यालयप्रति आफूले पाएको नयाँ जिम्मेवारीलाई अवसरका रूपमा लिएको बताउनुभयो। विश्वविद्यालयमा यसअघि काम गर्दाको अनुभवलाई आगामी कार्यसम्पादनमा उपयोग गर्दै संस्थाको विकासमा प्रभावकारी भूमिका खेल्ने उहाँको भनाइ थियो।

ठकुरीले विश्वविद्यालयलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउँदै पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी र अन्य सरोकारवालाबीच समन्वय र सहयोगको वातावरण बनाउन आग्रह गर्नुभयो।

कार्यक्रममा निवर्तमान रजिष्ट्रार सह–प्रा। डा। अर्जुनबहादुर अयडीलाई सम्मानसहित बिदाइ गरिएको थियो। उहाँलाई मायाको चिनो तथा कदरपत्र प्रदान गर्दै विश्वविद्यालयले कार्यकालमा पुर्‍याएको योगदानको सम्मान गरेको हो।

स्वागत कार्यक्रममा ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एन्ड सोसल साइन्सेजका डिन सह–प्रा। डा। आनन्दप्रसाद सुवेदीले मन्तव्य राख्नुभएको थियो। प्रशासन अधिकृत शैलेन्द्र पाठकले सञ्चालन गर्नुभएको कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार