२०८३ भदौ २० , शनिबार

दैलेखमा लैंगिक हिंसा न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न



जगदिश शाही
दैलेख । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दैलेखमा लैंगिक हिंसा न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

बिहीबार, १८ भदौ २०८३ मा जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा गुराँस गाउँपालिका–४, रानिमत्तामा कार्यक्रम सञ्चालन गरिएको हो।

प्रहरी चौकी रानिमत्ताबाट प्रहरी हवल्दार यज्ञ विक्रम सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीय नागरिकको उपस्थितिमा लैंगिक हिंसा, यसको असर, रोकथाम तथा न्यूनीकरणका उपायबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

कार्यक्रममा लैंगिक हिंसाका विभिन्न स्वरूप, हिंसा हुन नदिन अपनाउनुपर्ने सावधानी, पीडितले पाउने कानुनी संरक्षण तथा हिंसाविरुद्ध समुदायको भूमिका लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो।

स्थानीयस्तरमा लैंगिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्दै हिंसामुक्त तथा सुरक्षित समाज निर्माणमा समुदाय र प्रहरीबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम गरिएको प्रहरीले जनाएको छ।

कार्यक्रममा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार