जातीय विभेद मानवीय गरिमा विरुद्धको अपराधः प्रदेश प्रमुख परियार

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ७ चैत्र २०७९, मंगलवार १२:०८

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले जातीय विभेद, सामाजिक, नैतिक र मानवीय गरिमाविरुद्धको अपराध भएको बताएका छन् । मंगलबार ५८औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले छुवाछूत प्रथा सभ्य समाजका लागि अस्वीकार्य भएको बताएका हुन् ।

 

“‘पालको संविधान र कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, बन्चितीकरण र हिंसालाई अपराधकोरुपमा लिदै त्यसलाई निषेध गरेको छ । तथापि समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको समूल अन्त्य हुन सकिरहेको छैन’, शुभकामना सन्देशमा भनिएको छ ।

 

यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रुपान्तरण आवश्यक रहेको जनाउँदै प्रदेश प्रमुख परियारले जातीय भेदभाव तथा छुवाछूत प्रथा अन्त्यका लागि दृढतापूर्वक क्रियाशील रहन सबैमा हार्दिक आह्वान गरेका छन् ।

सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन दिवसले सबैलाई अभिप्रेरित गर्ने उनको विश्वास छ । उनले सामाजिक तथा रुढिवादी सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता, सद्भाव र सहिष्णुता कायम भई छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

Next Post

हुम्लामा वर्षा, किसान हर्षित

७ चैत्र २०७९, मंगलवार १२:०८
हुम्ला  । हिमाली जिल्ला हुम्लामा चैत महिनामा पहिलो पटक वर्षा भएको छ । वर्षा भएपछि हुम्लाका किसान खुसी देखिएका छन् । पुस, माघ र फागुन महिना राम्रो सँग हिउँ नपरेको हुँदा खेतबारीमा लगाएका बाली फस्टाएका थिएनन् । अब वर्षा भएपछि बाली राम्रो हुने खार्पुनाथ गाउँपालिका वडा ५ का किसान गोर्ख […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930