डोल्पा । हिमाली जिल्ला डोल्पामा हावाहुरीले विद्यालयको टिन हाल्न राखिएको काठ उडाउँदा एक बालिका घाइते भएकी छन् ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ९ स्थित जनप्रिय आधारभूत विद्यालयमा मंगलबार दिउँसो लागेको हावाहुरीले टिन हाल्न राखिएको काठ उडाउँदा सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत करिब ६ वर्षीया कृति बिक घाइते भएकी हुन् ।
मंगलबार दिउँसो १ बजे छुट्टीको समयमा नास्ता खाएर विद्यालयको खेलकुद मैदानमा खेलिरहेको अवस्थामा हावाहुरीले काठ उडाउँदा बिकको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते बिकलाई उपचारका लागि लिकु स्वास्थ्य चौकीमा लगिएको छ ।
यसरी विद्यालयमा काम अपुरै राख्दा विद्यार्थीहरुमाथि अझ खतरा हुन सक्ने देखिएको विद्यालयका प्रधानाध्यापक गमबहादुर बुढाले बताए ।