२०८३ जेठ १९ , मंगलबार

कर्णाली करिडोरकाे खुलालु सडक सात दिन बन्द हुने



हुम्ला । कर्णाली करिडोरको खुलालु–सल्लीसल्ला सडक योजना अन्तर्गत कर्णाली नदीको खुलालु सडक सात दिनलाई बन्द हुने भएको छ। खुलालु पुल नजिकै सडकको स्तर उन्नति कार्य गर्नु पर्ने भएकाले सात दिनका लागि सडक बन्द हुन लागेको हो।

 

सडकको स्तर उन्नति गर्नका लागि ज्येष्ठ १ गते देखि सात दिनका लागि सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय कालिकोटका सूचना अधिकारी सरोज अधिकारीले बताए।

 

कर्णाली करिडोर हुँदै कालिकोटको नहरीनाथ, सान्नीत्रिणेणी,पचालझरना, पलाँता गाउँपालिका र रास्कोट नगपालिका आउ जाउ गर्ने सवारी साधन सात दिन सम्म बन्द रहने भएका छन्।

 

त्यस्तै बाजुरा र हुम्लाको सल्लीसल्ला सम्म पुग्ने मालबहाक तथा अन्य यातायातका साधनहरु समेत बन्द हुने जिल्ला प्रशासन कार्यालय कालिकोटको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २०८० वैशाख २९ गते शुक्रबार