सिमकोट गाउँपालिकाले ल्यायो नीति तथा कार्यक्रम

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ९ असार २०८०, शनिबार २१:०१

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको प्रमुख आतिथ्यतामा शनिबार भएको सातौं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

विभिन्न सांस्कृतिक कार्यक्रमबाट स्वागत गरिएको गाउँसभामा गाउँपालिकाका अध्यक्ष भण्डारीले स्थानीय वडा तथा टोलबाट छनोट भएका योजनाहरुलाई स्तरीकरण गरी ती योजना कार्यान्वयन पक्षलाई प्राथामिकतामा राख्नुपर्ने बताए । सिमकोट गाउँपालिकामा चालु आर्थिक वर्षमा १ सय ५६ योजना दर्ता भएको र १ सय ५० सम्झौता भएकोमा ३७ वटा सम्पन्न भएको उनले बताए ।

सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशीला रोकायाले बजेटको अवस्था हेरेर गाउँपालिकाले पेस गरेको नीति तथा कार्यक्रमलाई कार्यान्वयनको पाटोमा ल्याउनेतिर आफू लागिपर्ने बताइन् । उनले कार्यान्वयन भएका योजनाहरुलाई अनुगमनमा पहिलो प्राथामिकतामा राखेर गाउँपालिकालाई चुस्तदुरुष्त बनाउन आफू अग्रसर हुने बताइन् ।

Next Post

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाँदै

९ असार २०८०, शनिबार २१:०१
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । मंगलबार साँझ ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जाने उनको सचिवालयमा जानेछन् । चीनको छेन्दुमा हुने एक व्यापार मेलामा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् । उनको टोलीमा गृह मन्त्रालयका केही सहसचिवहरु पनि रहनेछन् […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930