आठविसकोटस्थित ग्लोबल बैंकमा तालाबन्दी

साईनबोर्ड जलाईयो

खबरदृष्टि सम्वाददाता १० असार २०८०, आईतवार १८:३८

रुकुम पश्चिम । नेकपा (विप्लव निकट) को सहायक संगठन युवा संघ नेपालले आठविसकोट नगरपालिका –९ मा रहेको एक लघुबित्तको कार्यालयमा तालाबन्दी गरेको छ । आईतबार ग्लोबल आईएमइ लघुबित्तको कार्यालयमा तालाबन्दी गर्नुका साथै कार्यालयको साईनबोर्डमा आगजनी समेत गरिएको छ ।

युवा संगठन नेपालका केन्द्रिय सदस्य महेश बस्नेतका अनुसार सर्वसाधारणहरुको रकम मनोमानि तरिकाले चलाएको, चर्को ब्याज असुल गर्ने गरेको, जम्मा गरेको पैसा फिर्ता नगरेको कारण बैंकमा तालाबन्दी गरेर साईनबोर्ड जलाईएको हो । युवा संगठनले आठबिसकोट क्षेत्रका करिब १८ जना सर्वसाधारणहरु लघुबित्तबाट ठगिएको आरोप लगाएको छ ।

बैंकले १४ वर्षसम्म ग्राहकको खातामा रहेको रकम निकाल्न नपाउने भन्दै किस्ता तिरिसकेका ग्राहकको रकम समेत नदिएको पीडितहरुको आरोप रहेको छ । युवा संगठनले पटक पटक रकम फिर्ता गर्न ताकेता गर्दापनि अटेरी गरेकोले तालाबन्दी गरिएकाे केन्द्रिय सदस्य बस्नेतले बताए ।

यो समस्याको समाधान नगरुन्जेलसम्मलाई अनिश्चितकालको लागि तालाबन्दी गरिएको जनाईएको छ । नेकपा (बिप्लव) को पार्टीमा पीडितहरुले ठगिएको उजुरी दिएपछि आफूहरुले बारम्बार रकम फिर्ता गर्न अल्टिमेटम दिएको तर वेवास्ता गरिएको युवा संगठनको भनाई रहेको छ ।

Next Post

अख्तियारले जोख्यो पशुपतिनाथको जलहरी, कति रहेछ तौल ?

१० असार २०८०, आईतवार १८:३८
काठमाडौं । पछिल्लो समय निकै चर्चा कमाएको पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरीको नापतौल र गुणस्तर परीक्षण भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो । सुनको जलहरी नापतौल र […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031