भेरी पुल नजिक फाेर्स गाडी दुर्घटना हुँदा एककाे मृत्यु, १४ जना घाइते (नाम ठेगानासहित)

खबर दृष्टि
खबरदृष्टि १४ असार २०८०, बिहीबार २१:०६

सुर्खेत । सुर्खेतको भेरीपुल नजिकै फोर्स गाडी दुर्घटना हुदा एकजना यात्रुको मृत्यु भएको छ। बिहीवार वीरेन्द्रनगरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ३७५० नम्बरको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका ११ रत्न राजमार्गको सुब्बाकुना–छिन्चु खण्डको भेरी पुल नजिकै अपराह्न ४ः४५ बजेको समयमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् । मृत्युु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२२ बस्ने ५० वर्षीय फहित अन्सारी छन् । गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा साँझ ५ः४० को समयमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइते १४ जनाको प्रदेश अस्पताल , देउती अस्पताल, सुर्खेत अस्पताल र माया नर्सिङ्ग होममा उपचार भइरहेकोे र सबैको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक देवेन्द्रसिँह बुढाथोकीले जानकारी दिए । गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको उनको भनाई छ । फरार भएका चालकको खोजीकार्य भइरहेको उनले बताए । दुर्घटना भएको गाडीमा १६ जना यात्रु रहेको प्रहरीको भनाइ छ।

No description available.No description available.

Next Post

डोल्पाको त्रिपुराकोटमा रहेको नमस्ते सेवाको टावर सञ्चालन

१४ असार २०८०, बिहीबार २१:०६
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा रहेको नमस्ते सेवाको फोरजी टावर सञ्चालनमा आएको छ । लामोसमय देखि निर्माणाधीन नेपाल टेलिकमको टावर बिहीबारदेखि सञ्चालनमा आएको नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायले जानकारी दिए । अहिले फोन सेवामात्र सुचारु भएको र शुक्रबारभित्र फोरजी इन्टरनेट सेवा सुचारु हुने उनको भनाइ छ । टावर सञ्चालनका लागि […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031