रवि हमाल, मुगु । कार्मारोङ गाउँपालिकामा रहेको श्री बुद्ध नमुना माध्यमिक विद्यालय माग्रिमा ४ सय ४७ विद्यार्थीलाई लक्षित गर्दै अपाङ्गमैत्री सहित छात्रा छात्रको लागी युरिनल सहितको शौचालय निर्माण भएको छ । सबैका लागी दिगो खानेपानी,सरसफाइ तथा स्वच्छता परियोजना (सुस्वा) द्घारा युरिनल सहितको शौचालय निर्माण भएको हो ।
युरिनल सहितको शौचालय निर्माण भएपछि विद्यार्थी र शिक्षक खुसी भएका छन् । विद्यालयकै हाता भित्र शौचालयको समस्या र महिनावारी हुँदा विद्यालय हाता भन्दा बाहिर गएर शौचालय गर्नु पर्दा झनै सास्ती खेप्न परी रहेको बेला यस सुस्वा परियोजनाले अपाङ्गमैत्री सहित छात्रा छात्रको लागी एक युरिनल सहितको शौचालय निर्माण गरी दिएपछि यस्ता सास्ती झेल्न नपरेको कक्षा एघारमा अध्ययनरत छात्रा मिङडीक लामाले बताएकी छन् ।
माग्रि गाउँ वडा नं ८ मा सरसफाइ स्वच्छता तथा मर्यादित महिनावारी व्यवस्थापनमा सुधार ल्याउन कार्मारोङ गाउँपालिकाको एक मात्र माध्यमिक विद्यालयमा २२ लाख ४० हजार ७ सय ७४ रुपैयाँको लगानीमा ४ सय ४७ विद्यार्थी र २६ जना शिक्षक शिक्षिकालाई लक्षित गर्दै २२ लाख भन्दा बढीको लगानीमा शौचालय निर्माण गरिएको सुस्वा परियोजना कार्यक्रमका संयोजक मुकुन्द रावलले बताए ।
यस ९सुस्वा ०परियोजनाले दिगो खानेपानी स्वास्थ्य,सरसफाइ स्वच्छता सम्बन्धी कर्णाली प्रदेश भरीका ८ वटा स्थानीय तह र मुगुम कार्मारोङ गाउँपालिका भरी काम गर्दै आइरहेको पनि सुस्वा परियोजना कार्यक्रमका संयोजक रावलले बताए ।