
सुर्खेत । भेरीगंगा नगरपालिका–१ बस्ने वर्ष ५३ का एक जना एक महिनादेखि बेपत्ता भएका छन् । भेरीगंगा नगरपालिका–१ को अमिलिबारी बस्ने वर्ष ५३ का डम्मर बहादुर तारम मगर भारतको एक महिनादेखि बेपत्ता भएका हुन् ।
उनी कामको सिलसिलामा भारतको सिम्ला गएका थिए । सिम्ला जिल्लाको कोट्खाई भन्ने ठाउँमा गई असार ४ गते काम गरी सकेपछि सोही जिल्लाको सेर्केतामा आफ्नो साथीहरू भएको ठाउँमा बसमा चढेर गएको तर उक्त स्थानमा अहिलेसम्म पनि नपुगेको उनका आफन्तले बताएका छन् ।
उनी हाल कसैको पनि सम्पर्कमा नआएको हुँदा कही कतै कसैसँग काममा लागेको देखमो वा भेट भए मोबाइल नम्बर +९१६२३०३९८४४२, ९८४८२९११९६ र ९८६८०३००१३ मा सम्पर्क गरिदिनहुन् उनका परीवारले आग्रह गरेको छ । उनी कामको सिलशिलामा घरबाट वैशाख २९ गते भारत गएका थिए ।
प्रकाशित मिति : २०८० साउन ६ गते शनिबार