२०८३ जेठ १९ , मंगलबार

भागिरथ र सुनिताको ‘मायाले त होला’ नयाँ तीज गीतले चर्चा बटुल्दै



सुर्खेत । सल्यान घर भए पनि काठमाडौँलाई कर्मथलो बनाएका मिठो स्वरका धनी पछिल्लो दिनहरूमा निकै चर्चा कमाएका गायक भागिरथ चलाउनेले नयाँ तीज गीत सार्वजनिक गरेका छन् । चलाउनेले ‘मायाले त होला’ बोलको तीज गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

‘मायाले त होला’ बोलको तीज गीतमा भागिरथसँगै सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ । चलाउने आफैले गीतको शब्द रचना गरेका हुन् भने सङ्गीत पनि आफैले गरेका हुन् । गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा भागिरथ अभिनेत्री अञ्जना बराइली फिचर्ड छन् । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी एवम् निर्देशन छ ।

गायक चलाउनेले यस गीतले राम्रो बजार पाउने आफूले विश्वास लिएको बताएका छन् । साथै उनले सम्पूर्ण दर्शक तथा श्रोतालाई गीत हेर्न र सुन्न समेत आग्रह गरेका छन् । हुन त चलाउनेले आफ्नो युट्युबबाट सार्वजनिक गर्ने हरेक गीतहरूले लोभलाग्दो चर्चा, भ्युज दुवै पाउँदै आएका छन् ।

यसअघिका उनका सिर्जनाहरू पनि ट्रेन्डिङको शीर्ष स्थानमा पुग्ने गरेका थिए । जसमा विगतका वर्षहरूमा ‘झमझम झम्काना’, ‘थोपडाले धोका दियो’ बोलकाा गीतहरूले वर्षभरि नै चर्चा कमाएका थिए । उनका हरेक तीज गीत चर्चित बनेपछि दर्शक तथा श्रोता उनको गीतको प्रतीक्षामा हुन्छन् ।

भिडियो हेर्नुहास् ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रबार