
अम्मर राजवंशी, सुर्खेत । सुर्खेतको गुर्भाकोटमा राष्ट्रिय युवासँग नेपाल गुर्भाकोट नगर स्तरीय दोस्रो नगर अधिवेशन हुने भएको छ । ‘नवीनता सृजनशीलता गतिशीलता’ भन्ने मूल नारा र “न्याय प्रेमी युवाहरू राष्ट्रिय युवा सङ्घमा, सामाजिक परिवर्तन युवाको काँधमा“ भन्ने मूल उद्देश्यका साथ साउन ३१ गते उक्त नगर अधिवेशन पार्टी कार्यालय मेहेलकुनामा हुने भएको हो ।
उक्त अधिवेशनलाई सफल बनाउन सम्पूर्ण टोल कमिटी, वडा कमिटी, नगर कमिटी र सम्पूर्ण नेकपा एमाले आबद्ध कमिटीहरूलाई उपस्थितिको लागि अनुरोध गरिएको छ । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय युवा सङ्घ नेपाल सुर्खेतका सह–सचिव एवम् गुर्भाकोटका इन्चार्ज शङ्कर गुरुङले जानकारी दिए ।
प्रकाशित मिति : २०८० साउन ३० गते मंगलबार