कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै, कसरी हेर्ने ?

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ३० श्रावण २०८०, मंगलवार १२:५१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको बोर्ड सदस्यले बताए ।

बोर्डले नतिजा सार्वजनिक गर्न दिउँसो बोर्ड बैठक बोलाएको छ । वैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा सुरु भएको थियो । कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख भन्दाबढी विद्यार्थी सहभागी भएका थिए ।

यसरी हेर्नुहोस् नतिजा

कक्षा १२ को नतिजा प्रकाशित हुनासाथ १६०१ मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट NEB <SPACE><SYMBOL NUMBER> टाइप गरी १६०० मा पठाएर वा मोबाईलवाट *1600# डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिचेर वा वेवसाइटमा https://neb.ntc.net.np बाट सजिलैसंग नतिजा प्राप्त गर्न सकिन्छ।

Next Post

भिरबाट लडेर एक जना युवकको मृत्यु

३० श्रावण २०८०, मंगलवार १२:५१
मोहनसिङ बुढा, हुम्ला । हुम्लामा भिरबाट लडेर एक जना युवकको मृत्यु भएको छ । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिका वडा नम्बर–४ गल्लाबाडाका २० वर्षीय कर्ण ढकालको पानलोटी भीरबाट लडेर मृत्यु भएको हो । पानलोटी खर्कमा घाँस काट्ने बेला लडेर मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनराज ढकाले जानकारी दिए […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031