
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा नन्दबहादुर सिंहको निजी क्याम्पसलाई सम्बन्धन एवम् पदपूर्ति प्रक्रियालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि पनि “ब्रेक” लगाईदिएका छन् । मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मध्यपश्चिम विश्वविद्यालयका नाममा एक पत्र लेख्दै अर्को आदेश नभएसम्मका लागि सम्वन्धन प्रकृया र पदपूर्ति दुवै प्रकृया स्थगित गर्न भनेका छन् ।
यसअघि पनि गत वैसाख २८ गते पनि प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालयले सम्वन्धन प्रकृया र पदपूर्ति दुवै प्रकृया स्थगित गर्न निर्देशन दिएको थियो । तर, केही दिनअगाडी कर्मचारी भर्ना सम्बन्धि विश्वविद्यालयले सूचना प्रकाशित गरेपछि पुनः मंगलबार थप पत्राचार गरिएको पत्रमा उल्लेख गरीएको छ । साथै, यी दुवै प्रक्रिया ‘अर्को आदेश नभएसम्म स्थगित गराई सोको जानकारी’ प्रधानमन्त्रीलाई दिन समेत पत्रमा भनिएको छ ।
यो पनि हेर्नुहोस् –
मध्यपश्चिम विश्वविद्यालयकाे याेजनामा प्रधानमन्त्रीकाे हस्तक्षेप : “सम्वन्धन दिने निर्णय तत्काल स्थगन गर्नु”
