२०८३ साउन १० , आइतबार

मुगुमा भएको जीप दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त



सुर्खेत । नेपाली कांग्रेसले मुगुको सोरूकोटबाट गमगढीतर्फ जाँदै गरेको ज१च ७७७२ नम्बरको जीप सोरु गाउँपालिका–७ मा आइतवार दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको र ४ जना सख्त घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेसले मंगलवार विज्ञप्तिमार्फत घटनाका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । कांग्रेसले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २०८० साउन ३० गते मंगलबार