उपप्रधानमन्त्री खड्का र प्रमुख निर्वाचन आयुक्तबीच छलफल

खबरदृष्टि सम्वाददाता ४ भाद्र २०८०, सोमबार १६:२४

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाबीच भेटघाट भएको छ । भेटमा निर्वाचनसम्बन्धी आवश्यक कानुनबारे छलफल भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।

उनीहरुबीच प्रदेश र स्थानीय तहमा रिक्त भएका स्थानमा उपनिर्वाचन गर्ने विषयमा पनि छलफल भएको थियो । हाल प्रदेशसभातर्फ सुदुरपश्चिम प्रदेशको बझाङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ रिक्त छ भने यस्तै विभिन्न स्थानीय तहमा १८ पद रिक्त छन् ।

हाल कैलाली जिल्ला समन्वय समिति प्रमुखको स्थान रिक्त छ भने दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोखला गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष र विभिन्न स्थानका १५ जना वडा अध्यक्षको पद रिक्त छ ।

Next Post

यार्साबाट डोल्पामा भित्रियो एक अर्ब ४७ करोड रुपैयाँ

४ भाद्र २०८०, सोमबार १६:२४
डोल्पा । हिमाली जिल्ला डोल्पा जडीबुटीको भण्डारको रूपमा चिनिन्छ । डोल्पामा पहेँलो सुनको रूपमा रहेको यार्सागुम्बा, जटामसी, गुच्ची च्याउ, सेतकचिनी, पदमचाल, पाँचऔँलेलगायत विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी प्रशस्त मात्रामा पाइन्छ । यस वर्ष यार्सागुम्बा बिक्रीबाट मात्रै डोल्पामा एक अर्ब ४७ करोड रुपैयाँभन्दा धेरै रकम भित्रिएको तथ्यांकले देखाएको छ । यार्सागुम्बा बिक्री […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031