सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिका–२ मा अविरल वर्षासँगै आएको बाढीले घट्ट बगाउँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सर्केगाड गाउँपालिका–२ रिपगाउँका ५० वर्षीय मनऋषि जैसी रहेका छन् ।
उनी रिपगाड खोलामा रहेको घट्टमा अन्न पिसानीका लागि गएको बेला बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । अन्न पिसानी लागि गएका स्थानीय बेलुन्दार कार्की, बाँचु रावत र विजन रावतले भागेर ज्यान जोगाएका छन् ।
खोलामा आएको बाढीले घट्टसहित ३० बोरा अन्न पनि बगाएको प्रहरीले जनाएको छ । बेपत्ता जैसीको खोजिकार्य भइरहेको छ ।
प्रकाशित मिति : २०८० भदौ ८ गते शुक्रबार