कर्णालीको कार्यवहाक मुख्यमन्त्रीमा मंगल शाही

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता १५ भाद्र २०८०, शुक्रबार १५:२१
मंगल शाही

सुर्खेत । कर्णाली प्रदेश सरकारको कार्यवहाक मुख्यमन्त्रीको जिम्मेवारी मंगल शाहीले सम्हालेका छन् । भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शाहीले बुधवारदेखि मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् ।

बुधबार मुख्यमन्त्री राजकुमार शर्मा स्विट्जरल्याण्ड भ्रमणमा निस्किएपछि प्रदेश प्रमुख तिलक परियारले शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

मुख्यमन्त्री शर्मा स्विट्जरल्यान्डको जुरिचमा अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा हुने लगानी सहकार्य विषयक कार्यक्रममा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बुधबारदेखि अनुपस्थित हुने गरी मुख्यमन्त्रीको सचिवालयको पत्रानुसार प्रदेश प्रमुख परियारले संविधानको धारा १५५ बमोजिम मन्त्री शाहीलाई कार्यवाहक मुख्यमन्त्री तोकेका हुन् । कार्यक्रम जुरिचमा बिहीबार आज र भोलि हुनेछ ।

Next Post

रामघाटबाट एक जना फरार प्रतिवादी पक्राउ

१५ भाद्र २०८०, शुक्रबार १५:२१
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा खाना खर्च मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका–११ रामघाट बस्ने वर्ष २९ का हरिनारायण सिंह ठकुरी रहेका छन् । उनलाई सुर्खेत जिल्ला अदालको लागत नम्बर ३७४७ को कैद सजाय १ बर्ष तोकिएको उनी हालसम्म फरार रहेका थिए । […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930